गोधूलीको झिसमिसेमा आफैंलाई भुलिदिँदा…
एक उजेली टिका छन् अन्तरिक्ष झैँ चौडा उनको ललाटमा। टिकाको चहकले नै लालिमा रङ्गको शृङ्गारमा रङ्गिएकी झैँ, गम्भीर छन् भावले टिलपिल टिलपिल उनका मुखश्री! हेरेर पुलुक्क झुकेका नजरमा शालीन नै हाँस्तछिन् मुसुक्क।
ती मधुरिमा उनका मुस्कानले रहस्यमयी रोमाञ्च प्रसारित छन् अनि यी वातावरणमा। निराला चित्रपट हुन् सान्ध्य गोधूलि रङ्गिएका मुखारविन्द उनका ! छिन् रङ्गिएकी उनी सोह्रै शृङ्गारमा, बलेका छन् धपक्क रातोपिरो मुहारमा लालिमा । अनि रङ्गाएकी नै छन् खुब रोमाञ्चक मधुर, यी प्रहर पनि सारेर उनकै रङ्ग अरुणिमा…र, रङ्गिन्छ नै एक प्रेमी पनि उनकै रङ्गप्रसारणमा…
गीतकार मनोज आचार्यले कुनै दिन लेखेका थिए …
“साँझपख एकान्तमा आफैँलाई बिर्सिँदा
मग्न हुन्छु म तिम्रो गीत सुनेर…”

“गोधूलिको झिसमिसेमा आफैँलाई भुलिदिँदा
दङ्ग हुन्छु म तिम्रो प्रित गुनेर…”

“सपनामा हराएर आफैँमा डुबिदिँदा
मख्ख हुन्छु म तिम्रो चोट भुलेर..”

“साँझपख एकान्तमा आफैँलाई बिर्सिँदा
तिमीलाई सम्झिँदा
आफैँलाई बिर्सिन्छु ”

“मनको पिडा फुकाई आफैँमा तड्पिन्छु
साँझपख एकान्तमा आफैँलाई बिर्सिँदा…”




No ads found for this position



Facebook Comment