स्वास्थ्य नीतिको मूल नीति नै निरोगी नेपाल हो: प्रधानमन्त्री

डिसी नेपाल
७ असार २०८२ २१:११
36
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको स्वास्थ्य नीतिको मूल नीति निरोगी नेपाल भएको उल्लेख गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित ‘फस्ट मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप’ का विजेतालाई पुरस्कार प्रदान गर्दै उनले स्वस्थ्य रहनु जीवनको ठुलो सम्पति रहेकाले शाररीक सुगठनले स्वस्थ जीवनका लागि योगदान दिने भन्दै सरकारको स्वास्थ्य नीतिको मूल नीति निरोगी नेपाल भएको बताए।

उनले भने, ‘हामीले हाम्रो देशको स्वास्थ्य नीतिमा निरोगी नेपालको नीति लिएका छौँ। स्वास्थ्य नीतिको मूल नीति नै यही हो। निरोगी नेपाल भनेको अस्पताल गएर निरोगी हुने भन्दा पनि व्यक्तिलाई निरोगी बनाउने नीति हो। निरोगी नेपाल बनाउनको लागि सरकारले एउटा खेल विशेषमा मात्र ध्यान दिएको होईन । हरेक नागरिकलाई स्वस्थ आहार उपलब्ध होस भनेर यस दिशामा सरकार काम गरिरहेको छ।’

यस्तै, उनले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाउने नेपाललाई चिनाउने खेलाडीहरुलाई सरकारले सम्मानित गर्ने गरेको र सधैँ गर्दै पनि जाने बताए।

काठमाडौं महानगरपालिका, वडा नं. २२ को आयोजनामा भएको प्रतियोगितामा प्रथम हुने खेलाडी कृष महर्जनलाई प्रधानमन्त्री ओलीबाट रु पाँच लाख र ट्रफीसहितको पुरस्कार प्रदान गरिएको हो। नेपाल शाररीक सुगठन तथा फिटनेसको सहकार्यमा भएको कार्यक्रममा पछिल्ला अन्तर्राष्ट्रिय शाररीक सुगठन खेल प्रतियोगिताका विजेता, खेल क्षेत्रको विकासका योगदानदाताहरुलाई सम्मान गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *