कविता : मानिसको शरीर

राकेश कार्की
४ साउन २०८२ १०:३६
28
Shares

पहिले मानिसको शरीर
उकालो ओरालो पाइला चालिन्थ्यो
पसीना पुछदै बरको छाँयामा
डोको जस्तो पुर्लुक्क ढालिन्थ्यो

फाटेको टोपी ढल्काए पनि
रातोपीरो अनुहार बालिन्थ्यो
गुन्द्रुक ढिँढोको स्वाद लिँदै
डेउडा ठाडी भाका हालिन्थ्यो

अहिले मानिसको शरीर
ख्वाइप्याइ मायाले पालिन्छ
टिभी खोलि सेलफोन चलाउदै
सोफामा फ्यात्त फालिन्छ

मोटर जहाजमा सररर सफर
टिकटक फेसबुकमा फोटो हालिन्छ
जंक फूड खाएर रोग लागेपछि
अप्रेशन गर्दै छाला टालिन्छ

पहिले मानिसको शरीर
सन्तोष, आनन्द, थिएन पीर
अहिले मानिसको शरीर
एक्लो, चिन्तित छैन स्थिर

लस एन्जेलस

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *