बिपी राजमार्गमा पिकअप भ्यान दुर्घटनाः एक जनाको मृत्यु, एकजना घाइते
सिन्धुली। बिपी राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। काठमाडौंबाट बर्दिबासतर्फ आइरहेको पिक अप भ्यान बिपी राजमार्गस्थित सुनकोसी गाउपालिका-६ सितलपाटीमा दुर्घटना हुँदा मकवानपुर मनहरी गाउपालिका-४ का धर्मराज रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
बिहान करिब ३ बजे मृतक धर्मराजका भाइ निरोज रेग्मिले चलाएको उक्त गाडी सडकबाट करिब पाँच सय मिटर तल खोंचमा खस्दा गम्भीर घाइते भएका धर्मराजलाई उपचारका लागि खुर्कोटस्थित सुनकोसी सामुदायिक अस्पतालमा चेकजाँच गराउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
गाडी चालक निरोजको धुलिखेल अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुबेदीले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment