दुई नाल बन्दुकसहित दुई जना पक्राउ

डिसी नेपाल
९ साउन २०८२ १२:१९

धनगढी । कैलाली प्रहरीले भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले गोदावरी नगरपालिका–८ स्याउलेका २६ वर्षीय राजु चौधरी र २३ वर्षीय चन्द्रबहादुर चौधरीलाई पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती र प्रहरी बिट स्याउलेबाट खटेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाका गणेश नाथले जानकारी दिए।

राजुको घरमा खानतलासी गर्दा एक नाल भरुवा बन्दुक, चित्तलको सिंह र खुट्टाको आधा भाग फेला पारेको र चन्द्रबहादुरको घरमा एक नाल भरुवा बन्दुक फेला पारेको जनाइएको छ।

दुई नाल बन्दुकसहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीको हिरासतमा राखेर आवश्यक अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *