कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
म्याग्दी । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी रघुगंगा गाउँपालिका-४ दग्नाम बस्ने के बहादुर गर्बुजालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
के बहादुर समेतका व्यक्तिहरूले साविक दग्नाम गाविस-२ बस्ने धनराम तिलिजाको धारिलो हतियार प्रहार गरी २०६० कात्तिक ६ गते हत्या गरेको घटनामा जिल्ला अदालत म्याग्दीको २०६८ जेठ ११ गतेको फैसलाले २० वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले रघुगंगा गाउँपालिका-४ दग्नामबाट पक्राउ गरेको हो।
नलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत म्याग्दी पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय म्याग्दी पठाइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment