साइकलबाट लडेर एक जनाको मृत्यु
धनगढी । कैलालीको धनगढीमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका–१९ टाउनस्थित सडकमा साइकलबाट लडेर सोही ठाउँ बस्ने ५५ वर्षीय रामु आचार्यको मृत्यु भएको हो।
प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार साइकलबाट लडेर गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment