वसन्तपुरकाे हनुमानढोकाको दशैं घरमा राखियो जमरा (फोटोफिचर)
काठमाडाैं। नेपालीहरूको महान् चाड बडा दशैं आजबाट सुरु भएको छ। यस अवसरमा दशैंको पहिलो दिन साेमबार काठमाडौंको वसन्तपुरमा घटस्थापना गरी जमरा राखिएको छ। दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा गरी जमरा राखिएको हाे।
त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले बन्दुक पड्काएर हर्ष बढाई गरेको थियो भने दशैं घरमा शङ्ख, घण्टा र डमरु बजाएर दुर्गा भगवतीको पूजा, आराधना गरिएको थियो।
दशैंको पहिलो दिन वैदिक विधिपूर्वक द्वीप, गणेश र कलशको पूजा गरी जौको, मकै, धानको जमरा राख्ने गरिन्छ। यसरी विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्ति स्वरूप दुर्गा भगवतीको पूजा आराधना गरिने भएकाले त्यस दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो।






















No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment