१,०००,०००,०००,००० डलर तलब बुझ्ने व्यक्ति को हुन् ? कम्पनीले तलब प्याकेजलाई स्वीकृति दियो

डिसी नेपाल
२१ कार्तिक २०८२ १०:२५
2.3k
Shares

काठमाडौं । अमेरिकी अटोमोटिभ तथा स्वच्छ ऊर्जा कम्पनी टेस्ला इंकका शेयरधारकहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलोन मस्कका लागि १ ट्रिलियन डलरको तलब प्याकेज अनुमोदन गरेका छन्।

यो कुनै पनि कर्पोरेट कम्पनीको सीईओको लागि स्वीकृत गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो तलब प्याकेज हो।

कम्पनीले बिहीबार आफ्नो वार्षिक बैठकमा ७५ प्रतिशत शेयरधारकहरूले यो तलब प्याकेजको पक्षमा मतदान गरेको बताएको छ।

विगत केही दिनदेखि विद्युतीय सवारी साधन निर्माता टेस्ला इंकमा बोर्ड, मस्क र खुद्रा लगानीकर्ताहरूले सीईओको तलब प्याकेजलाई १ ट्रिलियन डलर पुर्‍याउन अभियान चलाइरहेका छन्।

यद्यपि, आफ्नो पूरा तलब प्राप्त गर्न मस्कले टेस्लाको बजार मूल्य बढाउनु पर्नेछ, सुस्त कार व्यवसायलाई बढावा दिनुपर्नेछ, र रोबोट्याक्सी र अप्टिमस रोबोटिक्सको लागि आफ्नो लक्ष्यहरू प्राप्त गर्नुपर्नेछ।

यो तलब संसारकै सबैभन्दा धनी व्यक्ति समेत रहेका स्वय‌ं मस्कको कूल सम्पत्तिको पनि दोब्बर हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *