विमान दुर्घटनामा १४ जनाको मृत्युपछि धेरै कार्गो विमानहरू ग्राउन्डेड
काठमाडौं । केन्टकीमा भएको विमान दुर्घटनापछि अमेरिकी डेलिभरी कम्पनीहरू युपीएस र फेडेक्सले आफ्ना केही कार्गो उडानहरू अस्थायी रूपमा स्थगित गरेका छन्।
केन्टकीमा मंगलबार भएको विमान दुर्घटनामा कम्तिमा १४ जनाको मृत्यु भएको छ।
उडान भर्ने क्रममा, युपीएस विमान धावनमार्गबाट चिप्लियो, नजिकैका भवनहरूमा ठोक्कियो र आगो लाग्यो।
यस दुर्घटनामा धेरै भवनहरू ध्वस्त भए र लुइसभिल अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्नुपर्यो।
युपीएसले एमडी-११ विमानलाई ग्राउन्डेड गर्ने निर्णय विमान निर्माता बोइङको निर्देशनपछि गरिएको बताएको छ।
यसैबीच, यूपीएसको प्रतिद्वन्द्वी फेसेक्डले पनि यस्तै कदम चालेको पुष्टि गरेको छ।
अधिकारीहरूले अहिलेसम्म यो घातक दुर्घटनाको कारण बताएका छैनन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment