दार्जिलिङका स्कुले विद्यार्थीले पश्चिम बंगालको राज्य गान नगाउने, नेपालीमै प्रार्थना गर्ने
काठमाडौं । भारतको पश्चिम बंगाल सरकारले आफ्नो राज्यभित्रका विद्यालयहरूलाई कक्षा सुरू हुनुअघि प्रार्थनामा राज्यको राज्य गान गाउन निर्देशन दिए पनि दार्जिलिङका स्कुलमा पढ्ने विद्यार्थीहरूले यो गीत गाउने छैनन् ।
दार्जिलिङमा प्रशासनिक मामिला सञ्चालन गर्न गठित स्वायत्त निकायले यस क्षेत्रका विद्यालयका विद्यार्थीहरूलाई प्रार्थनाको समयमा राज्य गान गाउनबाट छुट दिइएको बताएको छ।
समाचार एजेन्सी पीटीआइका अनुसार पश्चिम बंगाल माध्यमिक शिक्षा बोर्डले नोभेम्बर ६ मा एक अधिसूचना जारी गर्दै सबै राज्य-सञ्चालित र राज्य-सहायता प्राप्त विद्यालयहरूमा अबदेखि राष्ट्रिय गानसँगै रवीन्द्रनाथ टैगोरद्वारा लिखित र पहिले राज्य गानको रूपमा घोषित “बाङ्लार माटी बाङ्लार जोल” गाइने बताएको थियो ।
‘बाङ्लार माटी बाङ्लार जोल’ (बङ्गालको भूमि, बंगालको पानी) गीत नोबेल पुरस्कार विजेता टैगोरले १९०५ मा बंगाल विभाजनको विरोधमा लेखेका थिए।
गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सचिव पीडी प्रधानले नोभेम्बर ७ मा जिल्ला विद्यालय निरीक्षकलाई दिएको सूचनामा भनेका छन् – जीटीए क्षेत्रका धेरै संस्थानहरूमा राष्ट्रिय गान बाहेक नेपाली भाषामा परम्परागत गान र बिहानको प्रार्थना हुनेछ।
“मलाई तपाईंलाई जानकारी गराउन निर्देशन दिइएको छ कि जीटीए क्षेत्र भित्रका विद्यालयहरूमा विभिन्न संस्कृति, परम्परा र सञ्चारको भाषालाई ध्यानमा राख्दै विद्यालयहरूमा बिहानको सभाको नियमित परम्परा पालना गरिनेछ। जीटीए क्षेत्रका सबै माध्यमिक विद्यालयहरूलाई तदनुसार जानकारी गराउन पनि अनुरोध गरिएको छ,” सूचनामा लेखिएको छ।
डब्लुबीबीएसइका एक अधिकारीले पुष्टि गरे – जीटीए क्षेत्रका विद्यालयहरूलाई राज्य गान अनिवार्य गर्ने निर्णयबाट छुट दिइनेछ। राष्ट्रिय गान बाहेक, राज्यमा पहिले कुनै निर्दिष्ट प्रार्थना गीत थिएन।







डिसी नेपाल








Facebook Comment