इटलीमा निधन भएका सुनील तामाङको शव नेपाल पठाउन मानवीय सहयोग अभियान

डिसी नेपाल
१३ माघ २०८२ ६:३९
40
Shares

मिलान, इटाली। वैदेशिक रोजगारी र सुखद भविष्यको खोजीमा इटाली आइपुगेका ४३ वर्षीय नेपाली नागरिक सुनील तामाङको निधनपश्चात् उनको पार्थिव शरीर नेपाल पठाउन सञ्चालन गरिएको “मानवीय सहयोग अभियान” सफलतापूर्वक सम्पन्न भएको छ।

इटालीको मिलानलाई केन्द्र बनाएर सुरु गरिएको यस अभियानमा विश्वभर छरिएर रहेका नेपालीहरूले ठूलो ऐक्यबद्धता जनाएका छन्।

मृतक तामाङको इटालीको ट्रिएस्त (Trieste) शहरमा उपचारका क्रममा निधन भएको थियो। कठिन यात्रा र चिसोका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई स्थानीय अस्पतालमा भर्ना गरिएको थियो।

चिकित्सकहरूका अनुसार अत्यधिक चिसो र स्वास्थ्यमा आएको जटिलता (हृदयघात/फोक्सोको समस्या) का कारण उनको उपचारकै क्रममा जनवरी १२ मा निधन भएको हो। उनको असामयिक निधनले युरोपस्थित नेपाली समुदायलाई स्तब्ध बनाएको थियो।

आर्थिक विवरण र विश्वव्यापी सहयोग

उनको पार्थिव शरीरलाई ससम्मान नेपाल पठाउन र परिवारलाई सहयोग गर्न सञ्चालित अभियानमा हालसम्म कुल €१,८९२ संकलन भएको छ। जसमध्ये GoFundMe मार्फत €१,८६२ र बैंक ट्रान्सफरमार्फत €३० प्राप्त भएको हो।

GoFundMe प्लेटफर्मले सेवा शुल्कबापत €७१.४२ कट्टी गरेपछि बाँकी रहेको €१,८२०.५८ (करिब ३ लाख १५ हजार नेपाली रुपैयाँ) अब सिधै नेपालमा रहेको मृतकको परिवारलाई पठाइने बिजय भुसाल ले डिसिनेपाल लाइ जानकारी गराउनु भयो।

पारदर्शिता र आभार

पारदर्शिताका लागि आयोजकले विश्वभरका सम्पूर्ण दाताहरूको नामावली सार्वजनिक गरेको छ (रकम गोप्य राख्न चाहनेलाई “Unknown” उल्लेख गरिएको छ)।

“तपाईंहरूको यो नि:स्वार्थ सहयोग र मानवताप्रति देखाउनुभएको समर्पणले शोकाकुल परिवारलाई यस वज्रपातको घडीमा अपार साहस र आर्थिक सहारा मिलेको छ,” अभियान टोलीले आभार प्रकट गर्दै भनेको छ। विश्वको जुनसुकै कुनामा रहेर पनि नेपालीले नेपालीलाई पर्दा देखाएको यो सद्भावप्रति टोलीले हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

इटालीका अन्य संस्थाहरूको सक्रियता

यसका साथै, इटालीमा क्रियाशील अन्य विभिन्न नेपाली संघ-संस्थाहरूले पनि सुनील तामाङको सहयोगार्थ छुट्टाछुट्टै रूपमा रकम संकलन गरिरहेका छन्। ती संस्थाहरूबाट संकलित रकमको विस्तृत विवरण र अन्तिम तथ्यांक प्राप्त हुन बाँकी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.