प्रेमिकाको हत्या गरेपछि उनका पितालाई भिडियो कल गरेर सोधे – ‘अब के गरुँ ?’
काठमाडौं। एक ब्वाइफ्रेण्डले चक्कु प्रहार गरेर आफ्नी प्रेमिकाको हत्या गरे त्यसपछि उनका पितालाई भिडियो कल गरेर सोधे –‘अब के गरुँ ?’ युवतीका पिताले भिडियो कलको क्रममै रगतमा लत्पतिएकी छोरीलाई देखिसकेका थिए । डेलीमेलको समाचार अनुसार घटना अमेरिकाको फ्लोरिडाको हो ।
३० वर्षका डेंजिलो क्लार्कमाथि आरोप लागेको छ कि उनले २० वर्षकी किआराको हत्या गरेका हुन् । क्लार्कले किआराका पिता शेल्डनलाई फोन गरेर उनकी छोरीसँग चक्कु भएको बताउने प्रयास गरेका थिए तर किआराले यही बीचमै आफ्नो हातमा नभइ क्लार्कको हातमा चक्कु भएको बताइन् ।
चक्कु प्रहारबाट ११ सेप्टेम्बरमा १ सन्तानकी आमा किआराको मृत्यु भयो । भिडियो कललगत्तै उनका पिताले पुलिसलाई यसको जानकारी दिए । तर, जबसम्म पुलिस घटनास्थल पुग्यो त्यति बेलासम्म ढिलो भइसकेको थियो । घटनास्थलबाट भागिसकेका क्लार्कले फेसबुमका लेखेका छन् कि उनी आफ्नो जिन्दगी माप्त पार्न चाहन्छन् । तर, यो पनि बताउन चाहन्छन् कि किआरा उनको हत्या गर्न चाहन्थिन् । यही क्रममा दुर्घटना भयो । पछि यी दुईकी नाबालक छोरी एक आफन्तकहाँ सुरक्षित भेटिइन्। क्लार्कलाई पनि पुलिसले गिरफ्तार गरेको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment