इरानविरुद्ध अमेरिकी सेनाको लगातार सातौं रात भीषण हवाई आक्रमण
तेहरान। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले ऊर्जा पूर्वाधार तथा विभिन्न सैन्य स्थलहरूलाई लक्षित गर्दै इरानविरुद्ध लगातार सातौँ रात पनि शक्तिशाली हवाई आक्रमण गरेको दाबी गरेको छ।
सेन्टकमले जारी गरेको पछिल्लो विज्ञप्तिअनुसार यस पटकको सैन्य कारबाहीमा इरानका सैन्य पूर्वाधार, उच्च प्रविधियुक्त निगरानी स्थल, भूमिगत हतियार भण्डारण सुविधाहरू र समुद्री सैन्य क्षमताहरूलाई मुख्य निसाना बनाइएको छ। उक्त उच्च स्तरीय सैन्य अपरेसनमा अत्याधुनिक लडाकु विमान, ड्रोन, युद्धपोत तथा अन्य रणनीतिक सैन्य सम्पत्तिहरूको व्यापक परिचालन गरिएको अमेरिकी सेनाले जनाएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कमान्डले हाल मध्य पूर्व क्षेत्रमा ५० हजारभन्दा बढी अमेरिकी सैन्य जनशक्ति उच्च सतर्कताका साथ तैनाथ रहेको जानकारी दिँदै आवश्यक परेको खण्डमा अझ घातक आक्रमणको तयारी भइरहेको समेत चेतावनी दिएको छ।
यसैबीच, सेन्टकमले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजिसी) को एक दाबीलाई पूर्ण रूपमा अस्वीकार गरिदिएको छ। होर्मुज जलमार्गमा दुईवटा तेल ट्यांकरहरूमा इरानले कथित रूपमा राखेका विस्फोटक खानीहरू (माइन) मा प्रहार भएपछि ठुलो विस्फोट भएको अमेरिकी अधिकारीहरूको दाबी छ।
यसअघि, रातारात सुरु गरिएको आक्रमणको पछिल्लो लहरबारे औपचारिक घोषणा गर्दै सेन्टकमले यो सैन्य अपरेसनको मुख्य उद्देश्य इरानको बढ्दो सैन्य क्षमतालाई नियन्त्रणमा लिनु र पूर्ण रूपमा कमजोर पार्नु रहेको स्पष्ट पारेको थियो। अमेरिकी कमान्डले यस क्षेत्रमा आफ्ना नागरिक र साझेदार मुलुकहरूको सुरक्षाका लागि हवाई आक्रमणको शृङ्खलालाई निरन्तरता दिएको बताएको छ।






डिसी नेपाल





Facebook Comment