भारतः वाङ्चुकको स्वास्थ्य कमजोर हुँदै गएपछि प्रहरीको पहलमा अस्पतालमा भर्ना
नयाँ दिल्ली। पर्यावरणविद् तथा सामाजिक कार्यकर्ता सोनम वाङ्चुकलाई दिल्ली प्रहरीले जन्तर–मन्तरबाट उठाएर स्थानीय एक अस्पतालमा भर्ना गरेको छ।
वाङ्चुक पछिल्लो २० दिनदेखि एनइइटी, सिबिएसई, सियुइटी÷एसएससीजस्ता परीक्षाहरूमा कथित प्रश्नपत्र बाहिरिने समस्यालाई लिएर केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै भोक हड्तालमा बसेका थिए। उनको स्वास्थ्य बिग्रिँदै गएपछि अदालतको आदेश र चिकित्सकहरूको सल्लाहअनुसार प्रहरीले अस्पताल पुर्याएको हो।
सोनम वाङ्चुक अस्पताल भर्ना भएपछि जन्तर–मन्तरमा प्रदर्शन गरिरहेका अन्य प्रदर्शनकारीहरूलाई पनि त्यहाँबाट हटाइएको छ। वाङ्चुक २८ जुनदेखि अनशनमा थिए।
उनले सङ्घीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिरहनुभएको थियो र लगातार घट्दो स्वास्थ्य अवस्थाबीच वाङ्चुकले शुक्रबार राति एउटा भिडियो सन्देश जारी गरेका थिए।
भिडियोमा उनले आफ्नो तौल करिब २० प्रतिशत घटेको र मांसपेशीहरू पनि प्रभावित भएको बताएका छन्। उनले भनेका छन्, “म अझै जिउँदै छु। मेरो शरीरको करिब २० प्रतिशत तौल घटेको छ। शरीरको बोसोपछि अब अन्य तन्तु र मांसपेशी पनि घट्दै छन्।” यसपछि भित्री अङ्गहरू प्रभावित हुने र अन्तमा दिमागमा असर पर्ने तर अहिले त्यो अवस्था नआएको उनले बताए।
उनले आफ्नो हिम्मत र मानसिक अवस्था अझै बलियो रहेको बताएका छन्।






डिसी नेपाल





Facebook Comment