प्रधानमन्त्री बालेन्द्र शाह र तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूबीच छलफल हुँदै
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग आज भेटघाट तथा छलफल गर्दै छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजेका लागि तय भएको उक्त भेटमा उद्योग क्षेत्रका विद्यमान समस्या र सम्भावनाबारे गहन छलफल हुनेछ।
भेटघाटमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल तथा प्राविधिक सल्लाहकार प्रकाशकुमार झा सहभागी हुँदै छन्।
छलफल विशेष गरी नेपाली तयारी पोशाक उद्योगको वर्तमान अवस्था, उद्योगीहरूले भोगिरहेका चुनौती, स्वदेशी उत्पादन तथा निर्यात प्रवर्द्धन, रोजगारी सिर्जना र यो क्षेत्रको समग्र विकासका उपायहरूमा केन्द्रित रहनेछ।
प्रधानमन्त्री शाहले पछिल्ला दिनहरूमा निजी क्षेत्र, उद्योगी-व्यवसायी तथा सरोकारवाला निकायहरूसँग निरन्तर संवाद गर्दै आएका छन्।
उनले क्षेत्रगत समस्या, समाधानका व्यावहारिक उपाय र आवश्यक नीतिगत सुधारका विषयमा सुझाव संकलन गर्दै प्राप्त सुझावहरू कार्यान्वयनका लागि सम्बन्धित सरकारी निकायहरूलाई आवश्यक निर्देशन दिँदै आएका छन्।






डिसी नेपाल





Facebook Comment