हर्मुज जलमार्गमा फसेका छ हजार नाविकलाई उद्धार गर्न संयुक्त राष्ट्रसंघको आह्वान
जेनेभा। संयुक्त राष्ट्रसंघले शुक्रबार मध्यपूर्व युद्धमा संलग्न देशहरूलाई हर्मुज जलमार्गमा फसेका करिब छ हजार नाविकहरूलाई उद्धार गरी स्वदेश फर्काउन सहयोग गर्न आग्रह गरेको छ।
संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर टर्कले जलमार्गमा फसेका हजारौं नाविकहरूको दयनीय अवस्थालाई तत्काल सम्बोधन गर्न आग्रह गरेका हुन्। उनीहरू ‘मानवीय र मानव अधिकारको गम्भीर संकट’ को सामना गरिरहेका उनका प्रवक्ता शाबिया मन्तुले बताइन्।
अन्तर्राष्ट्रिय समुद्री संगठनका अनुसार जलमार्गमा सयौं जहाजहरूमा कम्तीमा छ हजार नाविकहरू फसेका छन्, जसलाई युद्धविरामका बेला पनि उद्धार गर्न सकिएको थिएन।
जेनेभामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता मन्तुले संकटग्रस्त पक्षहरूले फसेका नाविकहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न, जहाजबाट ओर्लिन र आवश्यक आपूर्ति पुर्याउन तत्काल सुरक्षित मार्ग उपलब्ध गराउनुपर्ने जोड दिए।
उनले गैरसैनिक जहाजहरूमाथि हुने आक्रमण अस्वीकार्य रहेको र अन्तर्राष्ट्रिय मानवीय कानुनद्वारा संरक्षित उनीहरूमाथिका आक्रमण तत्काल रोक्नुपर्ने बताइन्। साथै, मानव अधिकार प्रमुख टर्कले राज्यहरू, जहाज मालिक र अन्य सम्बन्धित पक्षहरूलाई कन्सुलर सहायता, आवश्यक सामग्री उपलब्धता, उद्धार तथा स्वदेश फर्काउने कार्यमार्फत फसेका नाविकहरूको संरक्षण सुनिश्चित गर्न अपिल गरेकी छन्।
यसैबीच, इरान समर्थित हुथी विद्रोहीहरूले रेड सीमा तेल ट्यांकरहरूमाथि आक्रमण गरेपछि संयुक्त राज्य अमेरिकाले शुक्रबार इरानमाथि नयाँ हवाई हमला गरेको छ। यस कदमले द्वन्द्वलाई थप तीव्र बनाएको छ भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा माथि पुगेको छ।
युद्धअघि विश्वको इन्धन आवश्यकताको करिब पाँच भागको एक भाग तेल ढुवानी हुने हर्मुज जलमार्ग यातायातका लागि खुला रहेको अमेरिकी सेनाले दाबी गरे पनि इरानले भने ट्यांकरहरूलाई सुरक्षित मार्गका लागि भुक्तानी गर्न बाध्य पार्न आक्रमण जारी राखेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment