डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति: फिलीप

डिसी नेपाल
१० साउन २०८३ २२:४४

काठमाडौं। स्पेनका राजा फिलीप छैटौँले आइतबार म्याड्रिड वरपर र अन्य क्षेत्रमा फैलिएको डढेलोले राष्ट्रको प्राकृतिक सम्पदामा ‘अमूल्य’ क्षति पुर्‍याएको बताएका छन्।

जङ्गलमा करिब एक सातादेखि लागेको डढेलोका कारण म्याड्रिड क्षेत्र, आभिला, टोलेडो र भ्यालेन्सियाको पूर्वी क्षेत्र क्यास्टेलोनबाट करिब ७५ हजार बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।

अधिकारीहरूका अनुसार रातभरि आगो नियन्त्रणमा केही प्रगति भए पनि अझै कठिनाइ बाँकी छ।

“कतिपयले निकै दुःख भोगेका छन्, कतिपय चार दिनदेखि आफ्नो घरबाट टाढा छन्, कतिपयले धेरै सम्पत्ति गुमाएका छन्। सामूहिक रूपमा हामीले अमूल्य मात्रामा प्राकृतिक सम्पदा गुमाएका छाैँ” राजा फिलीपले म्याड्रिडमा विस्थापितहरूका लागि बनाइएको आश्रयस्थलको भ्रमणका क्रममा पत्रकारहरूसँग भने।

उनले सरकारले डढेलो नियन्त्रणका लागि निरन्तर प्रयास जारी राखेको आफूले जानकारी पाएको उनले बताए।

‘ज्यान बचाउनु’ उद्धारकर्मीका लागि प्रमुख प्राथमिकता

स्पेनको राजधानी म्याड्रिडको पश्चिममा फैलिएको डढेलो निभाउने टोलीहरू ‘ज्यान बचाउन’ काम गरिरहेका प्रधानमन्त्री पेद्रो सान्चेजले शनिबार बताउनुभएको थियो। उहाँले हावाको वेग बढ्ने पूर्वानुमानसँगै अगाडि डढेलोसँग ‘जटिल’ सङ्घर्ष हुने चेतावनी दिए।

अधिकारीहरूले यसलाई क्षेत्रको इतिहासको सबैभन्दा भीषण डढेलो भनेका छन्।

राजधानीको पश्चिममा बाक्लो खरानी रङ्गको धुवाँले आकाश छोपेको छ र जलिरहेको गन्ध म्याड्रिडको केन्द्रीय सडकसम्म पुगेको छ। यसले बासिन्दाहरूको घाँटीमा चिलाउने समस्या निम्त्याएको छ र उनीहरूलाई झ्याल बन्द राख्न बाध्य पारेको छ।

“हाम्रो प्राथमिकता, हाम्रो सोच, नागरिकको ज्यान बचाउनु र बसोबास क्षेत्रहरू सुरक्षित राख्नु हो। हाम्रो लक्ष्य तपाईँहरूको ज्यान हो,” प्रधानमन्त्री सान्चेजले डढेलो क्षेत्रको सेनिसिएन्तोस गाउँमा पत्रकारहरूसँग भने।

“हामीसँग अगाडि केही जटिल घण्टाहरू छन् किनकि तापक्रम घटेको भए पनि हावाको गति कसरी विकास हुनेछ, कति बलियो हुनेछ भन्ने हामीलाई ठ्याक्कै थाहा छैन।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *