यमनका हुती विद्रोहीद्वारा ‘लाल सागर’ भई आवतजावत गर्ने व्यापारिक जहाजमा कर लगाउने तयारी

डिसी नेपाल
१४ साउन २०८३ १३:१७

काठमाडौं । यमनका हुती विद्रोहीहरूले लाल सागरको दक्षिणी क्षेत्र भई आवतजावत गर्ने अन्तर्राष्ट्रिय व्यापारिक जहाजहरूमाथि ‘ट्रान्सिट शुल्क’ (कर) असुल गर्ने तयारी गरिरहेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले विभिन्न कूटनीतिक तथा गुप्तचर स्रोतहरूलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो।

यद्यपि, यो कर प्रणाली कहिलेदेखि पूर्ण रूपमा लागू गरिनेछ भन्नेबारे कुनै निश्चित समयसीमा तय भइसकेको छैन। अन्तर्राष्ट्रिय व्यापारका लागि रणनीतिक मानिने ‘बाब अल-मन्देब’ जलडमरूमध्य लाल सागरलाई एडेनको खाडीसँग जोड्ने विश्वकै सबैभन्दा महत्त्वपूर्ण समुद्री मार्ग हो।

रिपोर्ट अनुसार गत जुलाई महिनामा इरानका सर्वोच्च नेता खमेनेईको अन्त्येष्टि समारोहमा सहभागी हुन हुती नेताहरू तेहरान पुगेका थिए। सोही क्रममा इरानी अधिकारीहरूले लाल सागरका व्यापारिक जहाजहरूबाट शुल्क असुल गर्ने अवधारणा (आइडिया) प्रस्तुत गरेका थिए।

त्यसपछि इरानी सल्लाहकारहरूले हुती अधिकारीहरूसँग मिलेर उक्त जलक्षेत्रबाट बित्ने जहाजहरूबाट कर असुल गर्ने सम्भावित संयन्त्र वा ढाँचा तयार पार्न सहयोग गरेका हुन्।

प्रस्तावित कर ढाँचाअनुसार चिनियाँ व्यापारिक तथा इन्धनवाहक जहाजहरूलाई भने यो शुल्कबाट छुट दिइनेछ। चीन साउदी अरेबियाबाट सबैभन्दा बढी कच्चा तेल खरिद गर्ने मुलुक भएकाले र इरानसँग पनि निकट सम्बन्ध रहेकाले चिनियाँ जहाजहरूलाई यो छुट दिन लागिएको बताइएको छ।

यदि हुतीहरूले यो कर प्रणाली लागू गरेमा यसले विश्वव्यापी समुद्री व्यापार, आपूर्ति श्रृंखला र इन्धनको मूल्यमा थप जटिलता तथा आर्थिक भार थप्ने विश्लेषण गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *