सिरहाको लहान क्षेत्रमा कर्फ्यू जारी, कहाँ-कहाँ लगाइयो प्रतिवन्ध?

डिसी नेपाल
१४ साउन २०८३ १५:५३

सिरहा । तनावपूर्ण परिस्थिति बढेपछि जिल्ला प्रशासन कार्यालय, सिरहाले लहान क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।

प्रशासनले जारी गरेको सूचनाअनुसार दिउँसो ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि लहानमा कर्फ्यू लगाइएको हो।

यसअघि पूर्व–पश्चिम राजमार्गअन्तर्गत गोलबजार क्षेत्रको कसहा खोलादेखि चोहर्वा चोकसम्म तथा सैनिक चोकदेखि दक्षिण गोलबजार–४ क्षेत्रमा कर्फ्यू जारी गरिएको थियो।

पछिल्लो पटक थपिएको निषेधित क्षेत्रअनुसार लहान नगरपालिकाभित्र पूर्वमा बलान खोला, पश्चिममा सरस्वती खोला (बाटिका होटल पश्चिम) र दक्षिणमा पूर्व–पश्चिम राजमार्गको ५०० मिटर वरिपरिको क्षेत्रसम्म कर्फ्यू आदेश लागू गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *