सात जना फरार प्रतिवादी पक्राउ
गण्डकी। जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मुद्दाका सात जना फरार प्रतिवादीलाई आज पक्राउ गरेको छ।
चेक अनादरमा छ र बैंकिङ कसुरमा एक जनालाई नियन्त्रणमा लिइ कैद सजाय तथा जरिवाना असुलका लागि अदालतमा पेस गरिएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
पक्राउ परेका प्रतिवादीबाट तीन दिन कैद सजाय र रु एक लाख आठ हजार ६०० जरिवाना रकम असुलउपर हुने उनको भनाइ छ। कास्की प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादी नियन्त्रणमा तीव्रता दिँदै आएको छ। गत महिना ६६ जना प्रतिवादी पक्राउ परेका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment