निर्मल पुर्जाको टोलीका ३ वटा ट्रयाकरको लोकेसन ६ हजारदेखि ७ हजार मिटरको उचाइमा भेटियो
काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमालमा गएको भयानक हिमपहिरोपछि बेपत्ता आरोहीहरूको खोजीका क्रममा तीन वटा जीपीएस ट्र्याकिङ यन्त्र करिब ६,००० देखि ७,००० मिटरको उचाइमा लोकेसन देखाइरहेको स्थानीय अधिकारीहरूले बिबीसी उर्दूलाई जानकारी दिएका छन्।
सामान्यतया मुख्य हिमालहरू आरोहण गर्दा आरोहीहरूले सुरक्षाका लागि जीपीएस ट्र्याकिङ उपकरण बोक्ने गर्छन्। सन् २०२४ मा नेपाल सरकारले पनि सगरमाथा आरोहण गर्ने सबै आरोहीहरूका लागि यस्ता ट्र्याकर अनिवार्य रूपमा बोक्नुपर्ने व्यवस्था लागू गरेको थियो।
अधिकारीहरूका अनुसार जीपीएस ट्र्याकरले पठाएको सो सङ्केतका आधारमा उद्धारकर्मीहरूलाई प्रभावित उचाइ र क्षेत्र पहिल्याउन महत्त्वपूर्ण सहयोग पुगेको छ।
अत्यधिक जोखिमपूर्ण उच्च हिमाली क्षेत्रमा हिमपहिरो वा अन्य विपत्ति आउँदा आरोहीहरूको तत्कालीन अवस्थिति पत्ता लगाउन जीपीएस प्रविधि अत्यन्तै प्रभावकारी साबित हुँदै आएको छ। नेपालले सगरमाथामा यो नियम अनिवार्य गरेपछि विश्वका अन्य खतरनाक आठ हजार मिटरभन्दा अग्ला हिमालहरूमा पनि आरोहीको सुरक्षाका लागि यस्ता आधुनिक प्रविधिको प्रयोगलाई व्यापक बनाउन थालिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment