हर्मुजमा जहाजको आउजाउ पुनः सञ्चालन गर्न ओमानसँग छलफल भइरहेको इरानको भनाइ, अमेरिकासँग वार्ताको सम्भावना अस्वीकार
काठमाडौं । इरानले हर्मुज जलडमरूमध्य मा व्यावसायिक जहाजहरूको आउजाउ पुनः सुरु गराउन एक अस्थायी व्यवस्थामा सहमति जुटाउने उद्देश्यले ओमानसँग वार्ता भइरहेको जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा युद्ध अन्त्य गर्नका लागि सोमबारदेखि नयाँ वार्ता सुरु हुने र सोही उद्देश्यका लागि इरानमाथि गरिने भनिएका ‘ठूला आक्रमणहरू’ रोकिएको दाबी गरेलगत्तै इरानको यो आधिकारिक भनाइ आएको हो।
ट्रम्पको दाबीलाई खण्डन गर्दै इरानले आफूले अमेरिकासँग कुनै पनि वार्ता गरिनरहेको र त्यस्तो कुनै योजनासमेत नरहेको स्पष्ट पारेको छ।
ट्रम्पले यस वार्तामा को-को सहभागी हुनेछन् भन्नेबारे भने केही खुलाएका थिएनन्। यसअघि उनले हर्मुज जलडमरूमध्य पुनः खोल्नेसहितको सम्झौताको ढाँचामा सहमति भइसकेको दाबी गरेका थिए।
इरानका तर्फबाट यो महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग बन्द गरिएका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment