म राजीनामा दिन्नँ, पदमै रहन्छु: इरानी राष्ट्रपति पेजेस्कियान
काठमाडौं । इरानी राष्ट्रपति मसुद पेजेस्कियानले आफूले राजीनामा नदिने र आफ्नो पदमै बहाल रहने स्पष्ट पारेका छन्। इरानी सञ्चारमाध्यमहरूले उनको यो भिडियो वक्तव्य जारी गरेका हुन्।
वास्तवमा, यसअघि इरानी सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा खामेनेई परिवारनिकट धर्मगुरु मोहम्मद बगर खराजीको एउटा अभिव्यक्ति व्यापक रूपमा सेयर गरिएको थियो।
खराजीले दाबी गर्दै भनेका थिए, “मोजतबा खामेनेईले यदि पेजेस्कियानले पुनः राजीनामा दिएमा हामी उनको राजीनामा स्वीकृत गर्नेछौँ भन्नुभएको छ।”
बीबीसी फारसीका अनुसार यही बयानपछि राष्ट्रपति पेजेस्कियानको राजीनामालाई लिएर विभिन्न अड्कलबाजीहरू तीव्र बनेका थिए, जसलाई उनले अहिले पूर्ण रूपमा खारेज गरिदिएका छन्।
राष्ट्रपति पेजेस्कियानले आफ्नो सम्बोधनमा सरकारको सैन्य बलहरूसँग पूर्ण समन्वय रहेकोसमेत बताएका छन्।
यसको एक दिनअघि पेजेस्कियानले इरानले आफ्नो सीमाको रक्षा गर्ने तर युद्धको दायरा बढाउने उसको कुनै मनसाय नरहेको बताएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment