अमेरिका-इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमाथि प्रहार
FILE - Children wade in the water with cargo ships at anchor in the background and a fisherman nearby, in the Strait of Hormuz off Bandar Abbas, Iran, Tuesday, June 30, 2026. (Amirhosein Khorgooi/ISNA via AP,File)
कायराे ।मध्यपूर्वमा कूटनीतिक र सैन्य तनाव एकाएक बढेको छ। एकातिर अमेरिका र इरानबीच वार्ता भइरहेको विषयमा दुवै देशबाट परस्परविरोधी दाबीहरू आइरहेका छन् भने अर्कोतिर विश्वकै महत्त्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’मा एउटा कार्गो जहाजमाथि अज्ञात वस्तुले प्रहार भएको छ।
‘स्ट्रेट अफ होर्मुज’मा जहाजमाथि हमला
बेलायती समुद्री निगरानी निकाय ‘युनाइटेड किङ्गडम मेरिटाइम ट्रेड अपरेसन्स’ (यूकेएमटीओ) का अनुसार ओमानको अल–खासाबबाट ३७ किलोमिटर उत्तरपूर्वमा रहेको एक कार्गो जहाजमा स्थानीय समयअनुसार बिहान करिब २ बजे प्रहार भएको सूचना प्राप्त भएको छ।
यूकेएमटीओले जहाजको झण्डा वा कार्गोसम्बन्धी थप विवरण सार्वजनिक नगरे पनि बेलायती समुद्री सुरक्षा कम्पनी ‘एम्ब्रे’ले उक्त प्रहारबाट जहाजमा क्षति पुगेको पुष्टि गरेको छ। विश्वको करिब २० प्रतिशत तेल तथा प्राकृतिक ग्यास ओसारपसार हुने यो रणनीतिक जलमार्गमा गत फेब्रुअरीयता इरानसँगको द्वन्द्वका कारण समुद्री सुरक्षा थप चुनौतीपूर्ण बन्दै गएको छ।
वार्ता सम्बन्धी दाबी-प्रतिदाबी
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि पुनः वार्ता सुरु भएको दाबी गर्नुभएको छ। तर इरानले भने ट्रम्पको यो दाबीलाई खण्डन गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेइले अमेरिकासँग कुनै प्रत्यक्ष वार्ता नभएको र आफूहरूले केवल ओमानसँग ‘स्ट्रेट अफ होर्मुज’को सुरक्षित जलयात्राका विषयमा मात्र छलफल गरिरहेको स्पष्ट पारेका छन्।
यता, कतारका विदेश मन्त्रालयका प्रवक्ता माजिद अल-अन्सारीले क्षेत्रमा शान्ति कायम गर्न सबै पक्षसँग कूटनीतिक मध्यस्थता र संवादको प्रयास जारी रहेको बताउनुभएको छ।
मध्यपूर्वका अन्य प्रमुख घटनाक्रम
इरान समर्थित यमनका हुथी विद्रोहीहरूले साउदी अरबको नज्रान विमानस्थलस्थित एक संवेदनशील लक्ष्यमा ड्रोन प्रहार गरेको दाबी गरेका छन्, यद्यपि साउदी अरबले यस दाबीमाथि हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
यसैगरी, गाजामा सन् २०२३ मा भएको इजरायली हवाई आक्रमणमा ध्वस्त भएका भवनका भग्नावशेषमुनिबाट ११२ प्यालेस्टिनीको शव निकालिएको छ र गाजाको सिभिल डिफेन्स टोलीले लगातार १३६ घण्टासम्म खोजी गरेपछि फेला परेका यी शवहरूको सामूहिक अन्त्येष्टि गरिएको छ।
साथै, लेबनानको बेरुत बन्दरगाहमा सन् २०२० मा भएको विनाशकारी विस्फोटको पाँचौँ वर्षपुगीका अवसरमा पीडित परिवारजनले घटनास्थलमा पुगेर श्रद्धाञ्जलि अर्पण गरेका छन्। २०० भन्दा बढीको ज्यान लिने उक्त घटनाको अनुसन्धान अझै निष्कर्षमा नपुगे पनि लेबनान सरकारले यसै वर्षभित्र अदालतमा अभियोगपत्र दर्ता गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment