ट्रम्पको गल्फ कोर्स नजिकैबाट एक व्यक्ति पक्राउ, पेस्तोल र अवैध गोलीगठ्ठा बरामद
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निजी गल्फ कोर्स नजिकैबाट क्यालिफोर्नियाका अधिकारीहरूले एक व्यक्तिलाई पक्राउ गरेका छन्। ट्रम्प त्यहाँ चन्दा सङ्कलनका लागि आयोजित एक रात्रिभोज (डिनर) मा सहभागी हुन जाने कार्यक्रम रहेको थियो।
अनुसन्धानकर्ताहरूका अनुसार, ३८ वर्षीय जेनिन् जोन टाले लाई ‘रान्चो पालोस भर्डेस’ स्थित ट्रम्पको नेसनल गल्फ कोर्स नजिकैबाट नियन्त्रणमा लिइएको हो। उनको साथबाट एक थान पेस्तोल र अवैध गोलीगठ्ठा बरामद गरिएको छ।
लस एन्जलस काउन्टी सेरिफ डिपार्टमेन्टका अनुसार, ती व्यक्तिलाई गल्फ कोर्सको मैदान वरपर घुमिरहेको, तस्बिर तथा भिडियो खिचिरहेको र सुरक्षा योजनासँग सम्बन्धित गतिविधिहरूमाथि निगरानी राखिरहेको अवस्थामा फेला पारिएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment