अमेरिका र इजरायल ‘खाडी राष्ट्रहरूलाई इरानविरुद्ध लगाउन’ खोजिरहेका छन् : राष्ट्रपति पेजेस्कियान

डिसी नेपाल
२३ साउन २०८३ २२:२५

तेहरान। इरानका राष्ट्रपति मसूद पेजेस्कियानले इजरायल र संयुक्त राज्य अमेरिकाले पर्सियाली खाडीका राष्ट्रहरूलाई तेहरानको विरुद्ध ‘लगाउन’ खोजिरहेको आरोप लगाएका छन्। पश्चिम एसिया द्वन्द्वका बीच यी दुई मित्र राष्ट्रहरूले इरानका ‘आन्तरिक चुनौतीहरू’ को फाइदा उठाइरहेका उनले दावी गरेका छन्।

अमेरिका र इजरायलसँग इरान संलग्न सैन्य द्वन्द्व जारी छ र हर्मुज जलमार्ग हुँदै व्यावसायिक समुद्री यातायात पुनः सुरु गर्नु मुख्य विवादको विषय बनेको छ।

पेजेस्कियानले इरानी राज्य टेलिभिजनसँगको अन्तर्वार्तामा भने, “इजरायल र संयुक्त राज्य अमेरिका पर्सियाली खाडी राष्ट्रहरूलाई हाम्रो विरुद्ध लगाउन खोजिरहेका छन्। हामी यसलाई रोक्न प्रयास गरिरहेका छौँ। अवश्य नै हामीसँग आन्तरिक चुनौतीहरू पनि छन्, किनकि दृष्टिकोण फरक–फरक छन् र स्वाभाविक रूपमा अमेरिका र इजरायल यस स्थितिको फाइदा उठाइरहेका छन्।”

छिमेकी खाडी राष्ट्रहरूप्रति सद्भाव देखाउँदै इरानी नेताले उक्त अन्तवार्तामा इस्लामी एकतामा जोड दिएका छन्।

पेजेस्कियानले इरानी राष्ट्रिय टेलिभिजनमा प्रसारित अन्तवार्तामा अगाडि भने, “सबै मुस्लिमहरू दाजुभाइ हुन्। मैले पहिले पनि भनेको छु र यो देखावटी कुरा होइन कि यो मेरो बुझाइ हो। यो अल्लाहका रसूलले सिकाएको कुरा हो र पवित्र किताबमा लेखिएको छ। दाजुभाइको अर्थ हो सबै मुस्लिमहरू चाहे उनीहरू शिया हुन् वा सुन्नी एकजुट छन्। उनीहरू हरेक मुस्लिम दाजुभाइ हुन्।”

खाडीको वर्तमान् अवस्था र वासिङ्गटन र बेइजिङबीचको जटिल भूराजनीतिक सम्बन्धसँग समानता देखाउँदै पेजेस्कियानले राष्ट्रिय अस्तित्वका लागि रणनीतिक ध्यान र कहिले ‘आफ्नो काममा ध्यान दिनुपर्छ’ भन्ने कुरा थाहा हुनुपर्ने तर्क गरे।

उनले इरानी टेलिभिजनसँगको अन्तवार्तामा भने, “अस्तित्व जोगाउन हामीले थाहा पाउनुपर्छ कि हामी के गरिरहेका छौँ। कहिले लड्ने, कहिले शान्ति गर्ने र कहिले उनीहरूले आफ्नो काम गर्दा हामीले आफ्नो काम गर्ने। के चीन र संयुक्त राज्य अमेरिका मित्र हुन्र? चीन अमेरिकाको सबैभन्दा ठूलो प्रतिद्वन्द्वी हुन्, तर किन उनीहरू लड्दैनन् ? चीन आफ्नो काममा ध्यान दिन्छ र हरेक दिन बलियो बन्दै गएको छ। युद्धले कसैलाई भलो गर्दैन र मुस्लिम दाजुभाईबीच एकता आजको आवश्यकता हो।”

रणनीतिक समुद्री मार्गमा भइरहेका गतिविधिबारे बोल्दै पेजेस्कियानले जलसन्धिमा गरिएका कारबाहीहरू नियम उल्लंघन गर्ने जहाजहरूविरुद्ध मात्र लक्षित भएको दाबी गरे।

उनले भने, “जलमार्गका केही भागमा उनीहरूले हामीले पालना नगरेको दाबी गर्छन्, त्यसैले हामीले कारबाही गर्यौं। जलसन्धिमा हामीले नियम उल्लङ्घन गर्ने जहाजहरूसँग सैन्य झडप सुरु गर्यौं। तर केही मानिसहरू बाहिर आएर हामीलाई गद्दार भन्छन् वा हामीले सम्झौता पूरा नगरेको भन्छन्। हामीले हस्ताक्षर गरेको समझदारी पत्रको हामी दृढतापूर्वक रक्षा गर्छौँ।”

इरानी राष्ट्रपतिले आफ्नो देश आफ्ना हितहरूको रक्षा गर्न तयार रहेको दाबी गर्दै उनले तेल अभिभले निरन्तर शत्रुता बढाइरहेको आरोप लगाए।

उनले भने, “मलाई एउटा पनि धारा देखाउनुहोस् जहाँ हामीले आत्मसमर्पण गरेका छौँ। केही मानिसहरू युद्धको जोड दिइरहेका छन्, जुन ठ्याक्कै इजरायलले चाहेको कुरा हो। यदि उनीहरूले हामीलाई झुकाउन खोजे भने हामी लड्नेछौँ। हामी पछि हट्ने छैनौँ र टाउको निहुराउने छैनौँ। तर जब हामी आफ्ना अधिकार सुरक्षित गर्न सक्छाँैं, किन द्वन्द्व जारी राख्ने? त्यो इजरायलले चाहेको कुरा हो।”

पेजेस्कियानले नागरिक प्रशासन र इस्लामी क्रान्तिकारी गार्ड कोर (आईआरजीसी) बीच आन्तरिक मतभेद रहेको अफवाहलाई पनि खारेज गर्दै तेहरान ‘एकजुट’ र ‘समन्वित’ रहेको दाबी गरे।

उनले भने, “सरकार र सशस्त्र बलबीच कुनै दरार छैन। इरान एकजुट र समन्वित छ, र विभाजन सिर्जना गर्नु देशका शत्रुहरूले चाहेको कुरा हो। हाम्रा लडाकुहरूले संसारलाई चकित पारेका छन्।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *