सिरियाका पूर्वराष्ट्रपति बशर अल असदलाई मृत्युदण्डको सजाय, भाइ र नातेदार पनि दोषी ठहर

डिसी नेपाल
२६ साउन २०८३ १५:२४

काठमाडौं । सिरियाका पूर्वराष्ट्रपति बशर अल असदलाई मृत्युदण्डको सजाय सुनाइएको छ। मङ्गलबार सिरियाको एक अदालतले पूर्वराष्ट्रपति असद र उनका कान्छा भाइलाई मृत्युदण्डको सजाय सुनाएको हो।

सिरियामा १४ वर्षसम्म चलेको द्वन्द्वका क्रममा ‘मानवताभिरुद्धको अपराध’ र ‘युद्ध अपराध’ गरेको ठहर गर्दै अदालतले उनीहरूलाई यो सजाय सुनाएको हो। उक्त गृहयुद्धका क्रममा करिब पाँच लाख मानिसको ज्यान गएको थियो।

सजाय सुनाइँदा असद अदालतमा उपस्थित थिएनन्। सिरियामा सत्ता परिवर्तन भएपछि असद हाल रुसमा निर्वासित जीवन बिताइरहेका छन्।

यसै मामिलामा असदका मामाका छोरा आतिफ नजिबलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ। नजिबमाथि दक्षिणी प्रान्त दारामा दमनकारी कारबाहीको नेतृत्व गरेको आरोप थियो, जसका कारण विद्रोह भड्किएको थियो र पछि त्यसले गृहयुद्धको रूप लिएको थियो।

कडा सुरक्षा व्यवस्थाबिच न्यायाधीशले सजाय सुनाइरहँदा नजिब कैदीको पोसाकमा फलामको पिँजडाभित्र उभिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *