लिंग परिवर्तन गरेर आर्यन बने अनाया, महिला क्रिकेट खेल्ने घोषणा

डिसी नेपाल
२७ साउन २०८३ १०:२८

काठमाडौं । पूर्व भारतीय क्रिकेटर सञ्जय बाङ्गडका छोरा आर्यन शल्यक्रिया (सर्जरी) गराएर युवती बनेका छन्। लिङ्ग परिवर्तनपछि आर्यनको नयाँ पहिचान ‘अनाया बाङ्गड’ बनेको छ।

युवती बनेपछि अनायाले आफ्ना प्रशंसकहरूलाई एउटा ठूलो खुसीको खबर दिएकी छन्। उनी अब क्रिकेटको मैदानमा पुनरागमन गर्ने तयारीमा छिन्।

अनायाले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा एउटा भिडियो सेयर गर्दै यो जानकारी दिएकी हुन्। भिडियोमा उनले भनेकी छन्, ‘मसँग एउटा खुसीको खबर छ, जुन म तपाईंहरूसँग सेयर गर्न चाहन्छु। म ‘vuमन एलिट क्रिकेट २०२७’ मार्फत क्रिकेटमा कमब्याक गर्दै छु।’

‘म यसबारे धेरै कुरा सेयर गर्न चाहन्छु, तर अहिल्यै गर्न सक्दिनँ। यति मात्र भन्न सक्छु कि मैले एउटा संस्थाबाट स्वीकृति (क्लियरेन्स) पाइसकेकी छु। म यी सबै कुराहरू सेयर गर्न आतुर छु,’ उनले थपेकी छन्।

अनायाले एउटा तस्बिर सेयर गर्दै क्रिकेटमा आफ्नो पुनरागमनको आधिकारिक घोषणासमेत गरेकी छन्। उनले क्याप्सनमा लेखेकी छन्, ‘तपाईंहरू सबैलाई अब सन् २०२७ मा मैदानमा भेट्नेछु।’

अनायाको यो पोस्ट अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ र प्रशंसकहरूले उनलाई बधाई दिइरहेका छन्।

लिङ्ग परिवर्तन शल्यक्रिया गराउनुअघि पनि आर्यनका रूपमा उनी क्रिकेटमा सक्रिय थिए। मुम्बईको स्थानीय क्लब क्रिकेटमा ‘इस्लाम जिमखाना’ का तर्फबाट उनले आफ्नो क्रिकेट यात्रा सुरु गरेका थिए। उनले सन् २०१९ मा पुदुच्चेरीका तर्फबाट राष्ट्रिय अण्डर-१९ ‘कुच बिहार ट्रफी’ समेत खेलेका थिए।

यद्यपि, पुरुषबाट महिला बनेपछि उनलाई नियमअनुसार क्रिकेट खेल्ने अनुमति थिएन। अब स्वीकृति पाएपछि उनी अनायाका रूपमा महिला एलिट क्रिकेट खेल्ने तयारीमा छिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *