मुम्बईको घाटकोपरमा पहिरो जाँदा चाल भत्कियो: सात जनाको मृत्यु, सात जना घाइते
काठमाडौं । मुम्बईको घाटकोपर क्षेत्रमा बुधबार बिहानै गएको पहिरोका कारण एउटा चाल (कच्ची आवासीय भवन) भत्किँदा सात जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्।
यो पहिरो घाटकोपरको चिराग नगरस्थित ‘गौसिया चाल’ मा गएको हो।
बीबीसी मराठीका अनुसार हाल महानगरपालिकाको दमकल विभाग, प्रहरी, वडा कर्मचारी, सम्बन्धित विद्युत वितरण कम्पनी र एम्बुलेन्स सेवा टोली घटनास्थलमा पुगिसकेका छन्।
घाइतेहरूको भाभा र राजावाडी अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ।
भारतीय समाचार एजेन्सी एएनआईका अनुसार यो पहिरो कुर्ला नजिकै चिराग नगरमा रहेको राठौड मेडिकल नजिकै गौसिया चालमा बिहान करिब ३:४८ बजे गएको हो।
लगातार भइरहेको भीषण वर्षाका कारण पहिरो गएको प्रहरी उपआयुक्त (DCP) गणेश शिन्देले जानकारी दिएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment