इरानी विदेशमन्त्रीको फ्रान्समाथि तिखो प्रहार: ‘मानवअधिकार र अन्तर्राष्ट्रिय कानुनको उपदेश दिन बन्द गर’
तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अरागचीले फ्रान्समाथि कडा शब्दमा प्रहार गरेका छन्।
फ्रान्सजस्ता देशहरूले विश्वलाई “मानवअधिकार” र अन्तर्राष्ट्रिय कानुनका विषयमा उपदेश दिन छाड्नुपर्ने उनले बताएका छन्।
गजामा इजरायलले गरिरहेको कारबाहीप्रति फ्रान्सले जनाएको समर्थन र इरानविरुद्धको कथित आक्रामकताको प्रसङ्ग उल्लेख गर्दै विदेशमन्त्री अरागचीले यी नीतिहरूका कारण फ्रान्सले आफूलाई राख्दै आएको ‘उच्च नैतिक स्थान’ गुमाइसकेको टिप्पणी गरे।
अरागचीले सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मा लेखेका छन्, “यस मामिलामा फ्रान्सको दोहोरो चरित्र (पाखण्ड) प्रस्टै देखिन्छ र यो लज्जास्पद छ।”
अरागचीको यो भनाइले फ्रान्सको विदेश नीति तथा मध्यपूर्वमा उसको भूमिकालाई लिएर इरानको कडा असन्तुष्टि र आक्रोशलाई दर्शाउँछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment