ट्रम्पलाई आफ्नो सुरक्षाको चिन्ता गर्न चेतावनी
काठमाडौं । इरानको संसद्अन्तर्गत राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रमुख इब्राहिम अजीजीले हर्मुज स्ट्रेटका विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको अभिव्यक्तिप्रति कडा प्रतिक्रिया दिएका छन्।
अजीजीले ट्रम्पले होर्मुज स्ट्रेटलाई लिएर निरन्तर धम्की दिनुको सट्टा आफ्नो सुरक्षाको चिन्ता गर्नुपर्ने बताएका छन्।
उनले सामाजिक सञ्जाल एक्समा लेख्दै आफ्नो सुरक्षाका लागि ट्रम्पले सम्भवतः कुनै ‘खाद्यान्न ढुवानी गर्ने ट्रक’ भित्र लुक्नुपर्ने स्थिति आउन सक्ने टिप्पणी गरेका छन्।
अजीजीको यो बयान ट्रम्पको अघिल्लो रातिको अभिव्यक्तिको जवाफमा आएको हो, जसमा ट्रम्पले आफूले ‘हर्मुज स्ट्रेटलाई अमेरिकी भूभाग घोषणा गर्ने’ बताएका थिए।
यद्यपि, पछि ह्वाइट हाउसले ट्रम्पले सो कुरा ठट्टा वा व्यङ्ग्यका रूपमा भनेको स्पष्टीकरण दिएको थियो। तैपनि, उनको यो अभिव्यक्तिले सञ्चारमाध्यममा निकै चर्चा पाएको छ भने इरानका कैयौँ अधिकारी तथा राजनीतिक नेताहरूले यसमाथि तीव्र प्रतिक्रिया दिइरहेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment