नेपालको बाढी-पहिरोप्रति एएनओद्वारा दुःख व्यक्त, उद्धार र राहतका लागि विश्वभरका नेपालीलाई अपिल

डिसी नेपाल
१४ भदौ २०८३ ७:२४

अमेरिका। नेपालको भोटेकोशी नदीमा आएको बाढी र भीषण पहिरोका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले मर्माहत र स्तब्ध भएको जनाएको छ

एएनओका केन्द्रीय अध्यक्ष डिल्ली अधिकारीले विज्ञप्ति जारी गर्दै बाढी-पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलीका साथै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ र बेपत्ता नागरिकको तत्काल सकुशल उद्धारको कामना गरिएको छ

भौगोलिक विकटताका कारण प्रभावित क्षेत्रमा जनजीवन अस्तव्यस्त बनेको भन्दै एएनओले अवरुद्ध राजमार्ग, सञ्चार तथा विद्युत् सेवा तत्काल सुचारु गर्न आग्रह गरेको छ। पीडितहरूका लागि खाद्यान्न, शुद्ध खानेपानी, औषधि र अस्थायी आवासको व्यवस्था छिटोभन्दा छिटो पुर्‍याउनुपर्ने विज्ञप्तिमा उल्लेख छ

जन्मभूमि तथा पितृभूमिमा आइपरेको संकटको घडीमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली मूलका समुदाय र संघ-संस्थाहरूलाई ऐक्यबद्ध हुन एएनओले आह्वान गरेको छ। रसुवा लगायतका अति प्रभावित क्षेत्रहरूमा तत्काल राहतका लागि आ-आफ्नो तर्फबाट सक्दो सहयोग गर्न अपिल गर्दै संस्थाले धैर्य धारण गरी विपद्को सामना गर्न आग्रह गरेको छ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *