माथिल्लो त्रिशूली ३ ‘ए’मा उद्धारको काम रातभर हुने
काठमाडौं। रसुवास्थित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको उद्धारका लागि आज रातभर सुरुङ खन्ने काम निरन्तर सञ्चालन हुने भएको छ।
उर्जा मन्त्रालयका अनुसार खन्ने कामसँगै सुरुङभित्र हावा प्रवाहको व्यवस्था मिलाउने र अक्सिजन पठाउने काम पनि समानान्तर रूपमा गरिनेछ। उद्धार टोली भित्र पस्न सक्ने गरी घस्रिएर जान मिल्ने बाटो बनाइने जनाइएको छ। उक्त बाटो हुँदै स्ल्याबमाथिबाट घस्रिएर सुरुङको नलीको माथिल्लो भागसम्म पुग्ने र त्यहाँबाट सुरुङको अवस्था निरीक्षण गर्ने योजना रहेको छ।
यसरी उद्धारका लागि पहुँच बनाउन सम्भव नभए भोलि बिहान सबेरै नेपाली सेनाले नियन्त्रित विस्फोट गराएर बाटो खोल्ने वैकल्पिक योजना बनाएको जनाइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment