विनाशकारी बाढीपछिको पुनर्लाभ: अन्तर्राष्ट्रिय सहयोग निरन्तर, प्रभावित क्षेत्रमा राहत र उपचार
काठमाडौं। गत साता आएको विनाशकारी बाढी तथा पहिरिपछि भारत, चीन, जापान, अमेरिका र दक्षिण कोरियालगायत विभिन्न राष्ट्रहरूबाट नेपाललाई अन्तर्राष्ट्रिय सहायता प्राप्त भइरहेको छ।
गत अगस्ट २६ मा चीन-नेपाल सीमा क्षेत्रमा गएको ठूलो पहिरो र त्यसपछिको विपद्का कारण नेपालमा मृत्यु हुनेको संख्या १,२२२ पुगेको नेपाल प्रहरीले बुधबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विभिन्न देश तथा अन्तर्राष्ट्रिय दातृ निकायहरूले खोज, उद्धार र राहतका लागि तत्काल आवश्यक पर्ने ड्रोन, डीएनए परीक्षण उपकरण तथा रिएजेन्ट, पानी शुद्धीकरण मेसिन र प्रकाश (लाइटिङ) सामग्रीहरू उपलब्ध गराएका छन्। यसका साथै खाद्यान्न, औषधि एवं अन्य अत्यावश्यक सामग्रीहरूसमेत सहायतास्वरूप प्राप्त भएका छन्।
सडक सञ्जाल अवरुद्ध भएकाले बाढीप्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत राहत सामग्री पुर्याउने काम भइरहेको छ। विस्थापितहरूका लागि स्थानीय विद्यालयहरूमा अस्थायी आश्रयस्थल निर्माण गरिएको छ भने विभिन्न संघ-संस्थाहरूले पीडितहरूलाई खाना र अन्य राहत सामग्री निरन्तर वितरण गरिरहेका छन्।
अस्थायी आश्रयस्थलमा बसिरहेकी स्थानीय सिर्जना साहले भनिन्, “आफ्नै घर हुँदा त मीठो-मसिनो पकाएर खाइन्थ्यो। अहिले घरबारविहीन भएर सडकमा बस्नुपर्ने बाध्यता छ।
विभिन्न संस्थाहरूले ल्याइदिएको खानाका भरमा पेट पालिरहेका छौँ। यदि उहाँहरूले खाना नल्याइदिएको भए हामी भोकै पर्थ्यौँ। हामीलाई अझै धेरै सहयोगको आवश्यकता छ।”
विपद्को यस घडीमा सहयोग गर्न विश्वका विभिन्न मुलुकबाट स्वयंसेवकहरू पनि नेपाल आइपुगेका छन्। चीनबाट चिकित्सक टोलीसहित आएका डा. झाङ हाइजिङले प्रभावित क्षेत्रमा ज्वरो, छालाको संक्रमण र शरीर दुख्नेजस्ता स्वास्थ्य समस्या झेलिरहेका पीडितहरूको उपचार गरिरहेका छन्।
डा. झाङका अनुसार विपद्पछि दूषित पानी र वातावरणका कारण छालासम्बन्धी रोग, पेट दुख्ने, माथिल्लो श्वासप्रश्वास प्रणालीको संक्रमण, मर्कने, चोटपटक लाग्ने र घाउ हुनेजस्ता समस्या बढी देखिने गरेका छन्।
बाढी र पहिरोका कारण विस्थापित हजारौं नागरिकहरू अस्थायी शिविरहरूमा अनेकौँ ह्रास र कष्टका बीच जीवन सामान्य बनाउने प्रयास गर्दै छन्। यद्यपि, अभूतपूर्व संकटका बीच पनि आफ्ना परिवार र आफन्त सुरक्षित रहेकोमा उनीहरूले केही राहत महसुस गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment