नेपाली मूलकी उद्यमी अरुणा अधिकारीले अमेरिकामा स्थापना गरिन् ‘KairosHelix’
काठमाडौं। नेपाली मूलकी उद्यमी अरुणा अधिकारीले अमेरिकामा ‘KairosHelix’ नामक क्लिनिकल प्रविधि कम्पनी स्थापना गरेकी छन्। जीवन विज्ञान (लाइफ साइन्स) क्षेत्रमा क्लिनिकल ट्रायलबाट प्राप्त ज्ञान, तथ्याङ्क र निर्णय प्रक्रियालाई संकलन, एकीकृत तथा पुनःप्रयोग गर्ने उद्देश्यका साथ यो कम्पनी स्थापना गरिएको हो।
कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स (AI), तथ्यांकशास्त्र तथा प्रमाणमा आधारित प्रणालीहरूको संयोजनमार्फत क्लिनिकल ट्रायलसम्बन्धी ज्ञानलाई प्रयोगयोग्य बौद्धिक सूचनामा रूपान्तरण गर्ने प्रविधि विकास गरिरहेको छ।
यस प्रविधिले विशेषगरी नियमनको दायरामा रहेका र उच्च जोखिमयुक्त क्लिनिकल अनुसन्धानमा मूल प्रमाणको संरक्षण र मानव निगरानीलाई प्राथमिकता दिनेछ।
हालसम्म २५ जनाको टोली गठन गरिसकेको यस कम्पनीले क्लिनिकल ट्रायलको योजना, अनुसन्धान केन्द्र सिफारिस, सिन्थेटिक डाटा तथा AI सँग सम्बन्धित विभिन्न क्षेत्रमा ११ वटा provisional patent applications दर्ता गरिसकेको छ।
साथै, कम्पनीले Contract Research Organizations (CROs) तथा जैविक प्रविधि कम्पनीहरूसँग व्यावसायिक सहकार्यसमेत सुरु गरिसकेको छ।
१६ वर्षको उमेरमा नेपालबाट अमेरिका पुगेकी अधिकारीले गणित, इन्जिनियरिङ र उद्यम प्रविधिमा प्राप्त बहुआयामिक अनुभवका आधारमा यो प्रविधि विकास गरेकी हुन्।
सन् २०२४ मा AI र प्रविधि क्षेत्रमा पुर्याएको योगदानका लागि PharmaVOICE 100 बाट सम्मानित भएकी अधिकारीले क्लिनिकल ट्रायलका क्रममा निर्णय प्रक्रिया पछाडिको ज्ञानलाई व्यवस्थित रूपमा जोड्न र सुरक्षित राख्न यो प्रणाली सहयोगी हुने बताएकी छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment