भोटेकोशी बाढी: शिक्षण अस्पतालमा आठ घाइतेको उपचार हुँदै, ६९ जना उपचारपछि फर्किए
काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी घाइते भएकामध्ये आठ जना बिरामीको हाल महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
अस्पतालका प्रवक्ता एवं वरिष्ठ न्यूरो सर्जन डा. गोपाल सेढाईँका अनुसार बाढीमा घाइते भई अस्पताल ल्याइएका कुल ८३ जनामध्ये हाल आठ जनाको उपचार जारी छ।
उपचाररत बिरामीहरूमा मीनबहादुर श्रेष्ठ, पवित्र कार्की, पेमा तामाङ, राजेन्द्र भट्ट, तेजबहादुर तामाङ, महेश्वर शाह, निमा दोर्जे तामाङ र चण्डिका श्रेष्ठ रहनुभएको छ।
शिक्षण अस्पताल ल्याइएका घाइतेमध्ये ६९ जना उपचारपछि स्वास्थ्य लाभ गरी घर फर्किसकेका छन्। उपचारका लागि ल्याइएकामध्ये एक जनाको भने उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment