बाढीपीडितको दुःखमा साथ दिँदै सादगीपूर्वक पर्व मनाउन कांग्रेस नेता बिमल सुवेदीको अपिल
काठमाडौं। नेपाली कांग्रेसका महासमिति सदस्य तथा १५औँ महाधिवेशन प्रतिनिधि बिमल सुवेदीले बडादशैँ, तिहार, नेपाल संवत् तथा छठ पर्व २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देश जारी गर्दै नेता सुवेदीले यस वर्षको प्राकृतिक विपद् र चाडपर्वको सन्दर्भ जोड्दै भनेका छन्, “यस वर्ष बाढीपहिरोका कारण धेरै परिवारले ठूलो जनधनको क्षति र पीडा भोग्नुपरेको छ। यस्तो दुःखद घडीमा पर्वलाई भड्किलो र खर्चिलो नबनाई सादगीपूर्वक मनाऔँ। अनावश्यक खर्च कटौती गरी बचत भएको रकमबाट पीडित परिवारलाई सहयोग गर्दै उनीहरूको दुःखमा साथ दिऔँ।”
उनले अरूको दुःखमा साथ दिनु नै पर्व मनाउनुको वास्तविक मानवीय सार भएको उल्लेख गर्दै थपे, “पर्वले हाम्रो सामाजिक सद्भाव, एकता र भाइचारा अझ बलियो बनाओस्। साथै, लामो सङ्घर्ष र बलिदानबाट प्राप्त लोकतान्त्रिक शासन व्यवस्था, नागरिक अधिकार र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण तथा सुदृढीकरण गर्दै समतामूलक र समृद्ध नेपाल निर्माणमा अघि बढ्ने प्रेरणा मिलोस्।”
नेता सुवेदीले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको पुनः शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देश
बडादशैँ, तिहार, नेपाल संवत् तथा छठ पर्व २०८३ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।
यस वर्ष बाढीपहिरोका कारण धेरै परिवारले ठूलो जनधनको क्षति र पीडा भोग्नुपरेको छ। यस्तो दुःखद घडीमा पर्वलाई भड्किलो र खर्चिलो नबनाई सादगीपूर्वक मनाऔँ। अनावश्यक खर्च कटौती गरी बचत भएको रकमबाट पीडित परिवारलाई सहयोग गर्दै उनीहरूको दुःखमा साथ दिऔँ।
पर्वले हाम्रो सामाजिक सद्भाव, एकता र भाइचारा अझ बलियो बनाओस्। साथै, लामो सङ्घर्ष र बलिदानबाट प्राप्त लोकतान्त्रिक शासन व्यवस्था, नागरिक अधिकार र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण तथा सुदृढीकरण गर्दै समतामूलक र समृद्ध नेपाल निर्माणमा अघि बढ्ने प्रेरणा मिलोस्।
अरूको दुःखमा साथ दिनु नै पर्व मनाउनुको वास्तविक मानवीय सार हो।
पुनः सम्पूर्ण नेपाली जनसमुदायमा हार्दिक मङ्गलमय शुभकामना!
बिमल सुवेदी
महासमिति सदस्य तथा १५औँ महाधिवेशन प्रतिनिधि
No ads found for this position



डिसी नेपाल
Facebook Comment