सुनचाँदीको मूल्यमा पुन: वृद्धि : सुन तोलामा तीन हजारले बढ्यो

डिसी नेपाल
९ कार्तिक २०८३ १२:२०
240
Shares

काठमाडौं। चालु साताको पहिलो कारोबार दिन आइतबार ह्वात्तै ओरालो लागेको सुनचाँदीको मूल्य सोमबार  पुनः उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेको छ।

मूल्य बढेसँगै सोमबार छापावाल सुन प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार छापावाल सुनको मूल्य तोलामा ११ हजार ७०० रुपैयाँले घटेर २ लाख ७८ हजार ५०० रुपैयाँमा कायम भएको थियो।

यसैगरी, सोमबार चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेर ३ हजार ९९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। आइतबार चाँदीको मूल्य तोलामा २३० रुपैयाँले घटेर प्रतितोला ३ हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *