ओखलढुंगामा नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरद्वारा पालिका र प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न
काठमाडौं। नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधर समूहले ओखलढुंगा जिल्लाका पालिका तथा प्रदेशसभा निर्वाचन क्षेत्रहरूको क्षेत्रीय अधिवेशन सम्पन्न गरेको छ।
१५ औं महाधिवेशन तयारी समितिकी केन्द्रीय प्रतिनिधि गोमा केसीका अनुसार दशैँ र तिहारको बीचको अवधिमा पालिका तथा प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न गरिएको हो।
सबै पालिका र दुवै प्रदेशसभा निर्वाचन क्षेत्रमा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको जिल्ला निर्वाचन समितिका सहसंयोजक अधिवक्ता चन्द्रमणी अधिकारीले जानकारी दिए।
चयन भएका सभापतिहरूको सूची
१. पालिका स्तरका सर्वसम्मत सभापतिहरू
-
चिसङ्खुगढी गाउँपालिका: डिकबहादुर कार्की
-
सिद्धिचरण नगरपालिका: पवन श्रेष्ठ
-
मोलुङ गाउँपालिका: केपी दाहाल
-
खिजीदेम्बा गाउँपालिका: पेमा निम्बा शेर्पा
-
लिखु गाउँपालिका: मिन सुवेदी
-
चम्पादेवी गाउँपालिका: दीपक कार्की
-
मानेभञ्ज्याङ गाउँपालिका: इन्दिरा दाहाल
-
सुनकोशी गाउँपालिका: चूडामणी धमला
२. प्रदेशसभा क्षेत्रका सर्वसम्मत सभापतिहरू:
-
प्रदेशसभा क्षेत्र ‘क’: विश्वराज राई
-
प्रदेशसभा क्षेत्र ‘ख’: देवेन्द्र पौडेल
No ads found for this position



डिसी नेपाल
Facebook Comment