तृणमुल काँग्रेसका प्रवक्ताले नेपाली भाषीलाई ‘घुषपैठिया’ भनेपछि गोर्खालीहरु आन्दोलित

डिसी नेपाल
७ कार्तिक २०७६ १६:१४

नयाँ दिल्ली। भारतमा छरिएर बसेका भारतीय गोर्खाली र भारतमा बसोबास गर्दै आएका नेपाली नागरिकलाइ लक्षित गरि तृणमुल कांग्रेसका प्रवक्ताले दिएको विवादित बयानले भारतभरी गोरखाहरु बी असंतोष देखिएको छ। तृणमुल कांग्रेसका प्रवक्ता तन्वी दासले गोर्खाहरु ‘घुसपैठिये’, देशभक्तिमा संदेह र भारतदेखि गोर्खाहरुलाई लखेट्ने बयान दिएका थिए। यसले भारतमा रहेका गोर्खा र नेपालीहरुले विरोध जनाएका छन्।

पश्चिम बंगाल राज्यमा बिगत एक दशकदेखि गोर्खाहरुको माग र अधिकारमाथि दमन भइरहेको छ । अहिले राष्ट्रिय नागरिक रजिस्टर (एनआरसी)को नाममा गोर्खाहरुलाई डराउने राजनीति चलखेल चलेको छ । भारतका प्रमुख राजनीति पार्टी बीजेपी, कांग्रेस लगायत सम्पूर्ण राजनीतिक दलहरुले तृणमुल काँग्रेसका प्रवक्ताको भनाईप्रति घोर भर्त्सनाका साथ गोर्खाहरुको देश प्रति बलिदानको सम्मान गर्दै एनआरसीले गोर्खाहरुलाई कुनै प्रभाव नपर्ने आश्वासन दिएका छन्।

एनआरसी को विषयवस्तु उठाएर भारतीय गोर्खा समाज र नेपाली समाजमा असहिष्णुता फैलाएर अराजकतालाई बढाउने देखिएको छ । वर्तमान परिदृश्यमा यस प्रकारका क्रियाकलापको विरोध नगरे आउँदो भविष्यमा नेपाली समाजले ठुलो समस्याको सामना गर्नुपर्ने भन्दै मुम्बईमा बसोवास गर्ने नेपालीहरुले शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने निर्णय गरेका छन् ।

विरोध प्रदर्शनमा कुनै पनि राजनीतिक अथवा सामाजिक संस्थाको योगदान नभएको र सम्पूर्ण मुम्बईमा बसोवास गर्ने नेपालीहरुको सांझा प्रदर्शन हुने अभियन्ताले जानकारी दिएका छन् ।

विरोध प्रदर्शनलाइ सफल बनाउन मुम्बईमा कार्यरत समाजसेवी प्रविण सिंह विश्वकर्मा, धिरेन्द्र टमट्टा, रमेश सिंह, कमल सिंह र ईन्द्र बहादुर सिंहले अभियान चलाएका छन्। भारतीय नेपाली र नेपाली समाजले आफ्नो स्वाभिमानको लागि आवाज उठाउन जरुरी देखिएको तसर्थ सबैमा अनुरोध गर्दै अभियानकर्ताले नेपाली आवाज र शक्ति देखाउन निम्न भव्यरुपमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने भएको बताए ।

२५ अक्टूबर २०१९, दिउँसो २ बजे आजाद मैदान, मुम्बईमा (वि टि रेल्वे स्टेशन नजिक) ‘भारत–नेपाल मित्रता’ मूल नाराका साथ मुम्बईका स्थानीयवासी, तराई, डुवर्स, दार्जीलिङ, आसाम, उत्तराखण्ड लगायत, प्रवासमा बसोबास गर्दै आएका सम्पूर्ण भारत–नेपाली समाजलाइ उपस्थित हुन अभियानकर्ताहरुले हार्दिक अपील गरेका छन् ।

यस शान्ती पूर्ण गरिने विरोध प्रदर्शन कुनै पार्टी अथवा देशका विरुद्ध नभएर बंगालमा गोर्खा समाजप्रति भइरहेको दमन तथा तृणमुल कांग्रेसका प्रवक्ता तन्वी दासको को स्टेटमेन्ट फिर्ता लिने र माफी माग्ने माग राखिएको अभियन्ता ले जानकारी दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *