उडिसामा आगलागी, ७० भन्दा बढी तरकारी पसलमा क्षति

डिसी नेपाल
१२ कार्तिक २०७६ १०:१३

सम्बालपुर, उडिसा । उडिसाको एक सम्बालपुर नगरमा सोमबार बिहान लागेको आगलागीका कारण ७० भन्दा बढी तरकारी पसलमा पूर्णतया क्षति भएको

सम्बालपुरको गोलबजारस्थित उक्त तरकारी बजारमा दिपावलीका अवसरमा बालिएको बत्ती पल्टिएर मध्यरात (२ः३० बजे) आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

आगलागीपछि वरपरबाट घटनास्थलमा पुगेका स्थानीय, सुरक्षाकर्मी तथा अग्नि नियन्त्रक अधिकारीले दमकलको सहयोगमा करिब दुई घण्टापछि आगोलाई नियन्त्रणमा लिएका थिए । उक्त घटनामा कुनै मानवीय क्षति भने नभएको बताइएको छ ।

सहायक अग्नी नियन्त्रक जितेन्द्र दासले भने, “घटनाबारे अनुसन्धान सुरू भैसकेको छ । आगलागीबाट भएको क्षति र आगलागीको कारणबारे विस्तृत विवरण अनुसन्धानपछि जानकारी हुनेछ । ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *