राज्य विद्रोहकोे मुद्दामा पक्राउ परेका सिके राउत सर्वोच्च अदालतमा
काठमाडौँ । राज्य विद्रोहकोे मुद्दामा पक्राउ परेका सिके राउतलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ।
रौतहटबाट पक्राउ परेका राउतलाई आज सर्वोच्चमा उपस्थित गराइएको हो। राउतका दाजु जयकान्त राउतले यही कात्तिक ११ गते गैरकानूनी थुनामा राखिएको भन्दै गृह मन्त्रालय लगायतलाई विपक्षी बनाउँदै बन्दीप्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए।
अदालतले थुनामा राख्नुका कारण लिखितसहित थुनामा राखेका राउतलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो। अदातलको आदेशअनुसार बन्दीसहित उपस्थित गराइएको र सुुनुवाइका शुक्रबार पेशी तोकिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment