भारतका पूर्व अर्थमन्त्री अरुण जेटलीको ६६ वर्षको उमेरमा निधन

डिसी नेपाल
७ भदौ २०७६ १३:२१

एजेन्सी। भारतका पूर्व अर्थमन्त्री अरुण जेटलीको निधन भएको छ । शनिबार दिल्लीको एम्स अस्पतालमा ६६ वर्षको उमेरमा उनको निधन भएको हो । उनले दिउँसो १२ बजेर ७ मिनेटमा अन्तिम सास लिएको बताइएको छ । मृगौला प्रत्यारोपण गरिरहेका जेटलीलाई क्यान्सर पनि भएको थियो । सास लिन समस्याभएपछि जेटली ९ अगष्टमा एम्समा भर्ना भएका थिए ।

जेटलीको सफ्ट टिस्यु क्यान्सरको उपचार भइरहेको थियो । उनी यसको उपचारको लागि १३ जनवरीमा न्यूयोर्क गएका थिए र फेब्रुअरीमा फर्केका थिए । जेटलीलाई ६ महिना पहिले पनि जाँचको लागि एम्समा भर्ना गरिएको थियो । डाक्टरले उनलाई उपचारको लागि अमेरिका वा बेलायत जान सल्लाह दिएका थिए । लोसभा चुनावमा पार्टीको जीतपछि पनि उनी पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सहभागी भएका थिएनन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफू नयाँ मन्त्रीमण्डलमा सहभागी हुन असमर्थ भएको बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *