आचार्य बालकृष्ण गम्भीर, कसैलाई चिन्न र बोल्न सक्दैनन्, आइसीयुमा राखेर उपचार हुँदै

डिसी नेपाल
७ भदौ २०७६ १४:२७

काठमाडौं । पतञ्जली आयुर्वेदका ‘सिइओ’ आचार्य बालकृष्ण अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि ऋषिकेशस्थित एम्स अस्पतालमा भर्ना गरिएको हो । पतञ्जली योगपीठका बाबा रामदेवका सहयोगी आचार्य बालकृष्णको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शुक्रबार अस्पताल भर्ना गरिएको हो ।

स्वास्थ्यमा समस्या आएपछि बालकृष्णलाई पहिला पतञ्जली योगपीठ नजिकै रहेको भुमानन्द अस्पतालमा भर्ना गरिएपनि त्यहाँ उपचार हुन नसकेपछि उक्त अस्पतालका डाक्टरले उनलाई ऋषीकेशस्थित एम्सका लागि रिफर गरेका हुन् । बालकृष्ण अहिले कसैलाई पनि चिन्न सक्ने र बोल्न सक्ने अवस्थामा छैनन् । उनको अवस्था सामान्य हुन केहीसमय लाग्ने अस्पतालले जनाएको छ ।

एम्सले जारी गरेको आचार्य बालकृष्णको हेल्थ बुलेटिन अनुसार स्थानीय समय अनुसार पौने पाँच बजे उनलाई अस्पताल लगिएको थियो । अस्पताल पुर्याउँदा उनी बेहोस अवस्थामा थिए । बालकृष्णको आईसीयूमा राखेर उपचार भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *