बसीरको मुद्दामाथि अर्को सुनुवाई आगामी शनिबार हुने

डिसी नेपाल
८ भदौ २०७६ ६:१०

खार्तुम । सुडानको एक अदालतले पूर्व राष्ट्रपति ओमार अल–बसीरमाथि लागेको भ्रष्टाचार आरोपबारेमा अर्को सुनुवाई आगामी शनिबार गर्नेगरी तय गरेको छ ।

“पूर्व राष्ट्रपति बसीरको भ्रष्टाचार आरोपबारेमा अर्को चरणको सुनुवाई अगस्ट ३१ (शनिबार) हुनेगरी तोकेको छ,” बसीरको पक्षमा वकालत गर्ने वकीलहरूको समूहका प्रमुख अहमद इब्राहिम अल–ताहिरले राजधानी खार्तुममा भएको पत्रकारसँगको कुराकानीमा बताए ।

“यो बसीरको मुद्दामा हुने तेस्रो चरणको सुनुवाई हो र हामी अझैपनि पैरवी मुद्दामा छौँ । जहाँ अभियोजनकर्ताका प्रतिनिधिले तीन सहयोगीमाथिको सोधपुछ जारी रहेको छ ।”

अल ताहिरले भने, “बसीरको पक्षका वकीलहरूको समूहले अल–बसीरलाई धरौटीमा रिहा गर्न अनुरोध गरिरहेका छन् । उनीहरू न्यायाधीशले बसीरलाई धरौटीमा रिहा गर्नेमा विश्वस्त रहेका छन् ।”

सुडानमा बढ्दो महङ्गी, भ्रष्टाचार, र आर्थिक अनियमितता नियन्त्रण गर्न नसकेको भन्दै सुडानी जनताले लामो समयसम्म सशक्त आन्दोलन गरेपछि सेनाको सहयोगमा बसीरलाई गत अप्रिलमा पदच्युत गरिएको थियो ।

बसीरलाई पदच्युत गरिएपछि गैरकानूनीरूपमा उनको घरमा राखिएको करिब ११ करोड ३० लाख अमेरिकी डलर जफत गरी मुद्दा अघि बढाइएको छ । उनिमाथि पदीय मर्यादा विपरित भ्रष्टाचार गरेको र आर्थिक अनियमिततम गरी अकुत सम्पत्ती आर्जन गरेको आरोपमा अदालतमा परेको मुद्दामाथि दुई चरणमा सुनुवाई भइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *