उत्तर कोरियाले नयाँ ‘सुपर लार्ज मल्टिपल रकेट लञ्चर’को सफल परीक्षण गर्यो

डिसी नेपाल
८ भदौ २०७६ १३:५१

एजेन्सी। उत्तर कोरियामा शासक किम जोंग उनको उपस्थितिमा आइतबार नयाँ सुपर लार्ज मल्टिपल रकेट लञ्चरको सफल परीक्षण गरियो । कोरियन सेन्ट्रल न्यूज एजेन्सीले कोरियाली प्रशासनिक अधिकारीको हवाला दिँदै यो जानकारी सार्वजनिक गरेको हो । यसअघि शनिबार पनि दुई मिसाइलको सफल परीक्षण गरिएको थियो ।

स्थानीय मिडिया रिपोर्टका अनुसार उत्तर कोरियाले शनिबार पूर्वी सागरमा दुई मिसाइल हानेको थियो । यी दुई कम दुरीको प्रहार क्षमता भएका बेलिस्टिक मिसाइल थिए । दक्षिण कोरियाली जोइंट चिफ अफिसरका अनुसार दुवै मिसाइल ३८० किलोमिटर दूरी तय गर्दै ९७ किलोमिटर उचाइसम्म गएका थिए ।

यसअघि दक्षिण कोरिया र अमेरिकाले ५ देखि २० अगष्टको बीचमा युद्धाभ्यास भएको थियो । जहाँ यो युद्धाभ्यास भएको थियो त्यही ठाउँमा उत्तर कोरियाले मिसाइल परीक्षण गरेको थियो । उत्तर कोरियाले भनेको थियो कि अमेरिका र दक्षिण कोरियाको युद्धाभ्यासले ऊ रुष्ट थियो र त्यसैको विरोधमा लगातार परीक्षण गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *