‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’

डिसी नेपाल
८ भदौ २०७६ १४:१७

काठमाडौं। सामान्यतया श्रीमान–श्रीमतीबीच झगडाका कारण सम्बन्धविच्छेदको स्थिति आउँछ । तर युएइमा यस्तो घटना भएको छ जहाँ झगडा नभएका कारण महिलाले श्रीमानसँग सम्बन्धविच्छेदको माग गरेकी छिन् । खलीज टाइम्सको समाचार अनुसार फजराहको शरिया अदालतमा पुगेकी महिलाले भनिन् – उनका पति शरिफ र राम्रो मन भएका छन् । विवाह भएपछि अहिलेसम्म उनले चर्को आवाजमा बोलेका छैनन् । उल्टै सधैं काम गर्न सहयोग गर्छन् । घर सफा गर्न सधैं सहयोग गछृन् । पतिले कैयौं पटक स्वयं खाना बनाएर खुवाए ।

महिलाले अदालतमा बताइन् कि यो असीम प्रेमले उनलाई उकुसमुकुस हुन्छ । सबथोक यति राम्रो छ कि जीवन एक किसिमले ‘नर्क’ बनेको छ । पतिको शराफतको कारण वैवाहिक जीवनमा अहिलेसम्म कुनै झगडा वा विवाद भएको छैन । यति सब त कुनै पनि पतिले गर्दैनन् र यो सब गर्दा पनि एक पटक रिसाउनु त परको कुरा उनले कहिल्यै चर्को स्वरमा बोलेका पनि छैनन् ।

म केवल एक दिन यस्तो चाहन्थें जब उनी मसँग झगडा नभएपछि अलिकति बहस मात्र भए पनि गरुन् तर यो पनि भएन । मेरा पति त हरेक पटक बहस गर्दा मलाई माफ गर्छन् र उपहारले घर भरिदिन्छन् । मलाई यस्तो पति चाहिएको थियो जसले जीवनको वास्तविकता बुझुन्, हरेक मुश्किल अवस्थामा विचार गरुन्, कहिलेकाहीँ बहस पनि गरुन् । यस्तो होइन जो चुपचाप मेरा सबै कुरा मानिरहुन् ।

महिलाका अनुसार उनले केही विवाद होस् भनेर पहल पनि गरेकी थिइन् । तर उनलाई आफ्ना पतिसँग झगडा गर्नु असम्भवजस्तै लाग्यो । अदालतले भने यो मुद्दालाई स्थगित गरेको छ । पतिले अदालतसँग आफ्नी पत्नीलाई केस फिर्ता लिन सल्लाह दिन आग्रह गरेका थिए । उनले भने ‘विवाहको एक वर्षमै मूल्यांकन गर्नु ठिक होइन । हरेक व्यक्तिले आफ्नो गल्तीबाट सिक्छ ।’

अदालतमा महिलाका पतिले स्वीकार गरे कि उनले केही गलत गरेका छैनन् किनकि उनी राम्रो र असल पति बन्न चाहन्थे ताकि उनकी पत्नीलाई कुनै गुनासो गर्ने ठाउँ नहोस् तर शायद यही प्रेमले नै उनलाई सम्बन्धविच्छेदको लागि बाध्य बनायो । उनका अनुसार एक पटक उनकी पत्नीले उनको बढिरहेको तौलको विषयमा गुनासो गरेकी थिइन् । उनले पत्नीलाई खुसी बनाउन डाइटिङ र एक्सरसाइज पनि गरिन् । यस क्रममा उनको खुट्टा पनि भाँचिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *