शरणार्थी शिविरमा दुई लाख रोहिङ्ग्याको र्याली

डिसी नेपाल
८ भदौ २०७६ १७:२२

कुतुपालोङ (रासस/एएफपी) । म्यानमारबाट बिस्थापित भएका रोहिङ्ग्या शरणार्थीले बङ्लादेशस्थित शिविरमा ¥याली निकालेका छन् । म्यानमारमा आफ्ना आफन्त विरुद्ध जातीय हिंसा भएको दुई वर्ष पुगेको दिन पारेर झण्डै दुई लाख जना र्यालीमा सहभागी भएका हुन् ।

सन् २०१७ को अगस्ट महिनामा म्यानमारको राखिन राज्यमा भएको हिंसाका कारण झण्डै सात लाख ४० हजार रोहिङ्ग्या विस्थापित भएर बङ्लादेशको शरणार्थी शिविरमा बस्दै आएका छन् । ¥यालीमा बालबालिका, बुर्का पहिरिएका महिला पनि सहभागी भएका थिए । उनीहरुले रोहिङ्ग्या जिन्दावाद भनेर नारा लगाएका थिए । अहिले रहेको बङ्गलादेशको शरणार्थी शिविरलाई संसारकै ठूलो शरणार्थी शिविर मान्ने गरिएको छ ।

म्यानमारको राखिन राज्यमा मुस्लिम र बौद्ध धर्मावलम्बीका बीचमा धार्मिक र जातीय द्वन्द्व भएपछि उनीहरु विस्थापित भएको अधिकारीले जनाएका छन् । विस्थापित भएका रोहिङ्ग्यालाई बङ्गलादेशमा शिविर बनाएर राखिएको छ । त्यहाँ उनीहरुलाई शिविर रहेको क्षेत्रभन्दा बाहिर हिँड्न स्वतन्त्रता दिइएको छैन । शरणार्थीलाई स्वदेश फर्काउने बारेमा सन् २०१७ मै बंगलादेश र म्यान्मारबीच सम्झौता भएको थियो तर त्यो अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।

सुरक्षा र नागरिकताको सुनिश्चितता नभएको भन्दै शरणार्थीले सम्झौता अनुसार स्वदेश फर्किन अस्वीकार गर्दै आएका छन् । पछिल्लो पटक गत बिहीबार ३५ सय शरणार्थीलाई स्वदेश फर्काउने तयारी अन्तिम चरणमा पुगेको थियो तर शरणार्थीले सुरक्षा र नागरिकताको सुनिश्चितताको सर्त राखेपछि स्वदेश फर्काउने पछिल्लो प्रयास अर्थहीन भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *