एनआरएनएको मतगणना शुरु

डिसी नेपाल
३० असोज २०७६ २३:२७

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना शुरु भएको छ। बिहीबार राती ११ बजेपछि मतगणना शुरु भएको हो।

संघको नेतृत्वका लागि कुल आचार्य र कुमार पन्तका दुई समूह चुनावी मैदानमा छन्। विभिन्न ४१ बदका लागि ७४ जना उम्मेदवार रहेका छन्। पद धेरै भएकाले मतगणना निकै सुस्त हुने सम्भावना रहेको छ।

२ हजार ३ सय ४१ मत खसेको छ। शुक्रबार बिहानसम्म मतगणना सकिने सम्भावना रहेको निर्वाचन समितिले जनाएको छ। बुधबारै विद्युतीय मतदान गरिने भन्दै मतदान शुरु भए पनि मेशिनले काम नगरेपछि बिहीबार मतपत्रमाफर्त मतदान गरिएको थियो।

संघको ९ औं विश्व सम्मेलन तथा महाधिवेशन मंगलबार शुरु भएको थियो। बिहीबार सम्मेलन समापन हुने कार्यतालिका रहे पनि नयाँ नेतृत्व चयनका लागि मतद ान प्रक्रिया ढिलो भएकाले सम्मेलन एक दिन थपिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *